Nicenepalgunj Nicenepalgunj

Shopping cart

Subtotal: $4398.00

View cart Checkout

Color Switcher

Theme Color

Secondary Color

News Details

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का युवाहरुलाई नेतृत्व विकास तथा युवा मैत्री स्थानीय शासन बिषयक अभिमुखिकरण

2025-05-29

नेपालगन्ज ९ का युवाहरुलाई अभिमुखिकरण वडाको समग्र विकासमा लागिपर्ने प्रतिबद्धता नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का युवाहरुलाई युवा नेतृत्व विकास तथा युवामैत्री स्थानीय शासनका बिषयमा एक दिने अभिमुखिकरण गरिएको छ । युवा बर्गलाई सशक्तिकरण कार्यक्रम अन्तरगत वडा कार्यालयको सहयोगमा नाइस नेपालगन्जले आज उक्त अभिमुखिकरण गरेको हो । अभिमुखिकरण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै सत्रका प्रमुख अतिथि एबम् नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष गोविन्द रेग्मीले वडा भित्र रहेका युवाहरुको क्षमता अभिबृद्धी गरी सामाजिक कार्यमा लाग्न अभिप्रेरित गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताए । युवाहरुले अगुवाई गरी कार्य गरेमा मात्रै समाजको विकास सम्भव हुने भन्दै अभिमुखिकरणले युवाहरुको क्षमता अभिबृद्धी गर्ने विश्वास ब्यक्त गरे । उनले युवा मैत्री स्थानीय शासनको अवधारणा अनुसार वडा अगाडी बढ्ने योजनामा रहेको बताउदै वडाका सबै युवाहरु एकजुट भएर लाग्न अनुरोध गरे । वडा भित्रका युवाहरुको क्षमता अभिबृद्धी गर्ने, युवाहरुको नेतृत्व विकास गरी युवामैत्री स्थानीय शासन बारे जानकारी गराउने, युवा र वडा बिचको समन्वय र सम्बन्धलाई बढावा दिदै वडाको समग्र विकासमा युवा परिचालन गर्ने र युवा क्लबको आगामी कार्ययोजना तयार गर्ने उद्धेश्यले उक्त अभिमुखिकरण गरिएको थियो । अभिमुखिकरण पच्चात सहभागि युवाहरुले वडा स्तरीय युवा क्लबलाई सक्रिय बनाउदै वडाको अभियानमा सहयोग गर्ने, सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने, सामाजिक कुरीतिका बिषयमा आवाज प्रवाह गर्ने, नियमित सरसफाई अभियान सञ्चालन गर्ने लगायतका क्रियाकलाप समेटेर कार्ययोजना तयार गरेका छन् । अभिमुखिकरणले नेतृत्व, युवा मैत्री स्थानीय शासन लगायतका बिषयमा जानकारी हुनुका साथै हौसला र उत्प्रेरणा थपेको बताउदै सिकेको कुरालाई ब्यवहारमा लागु गर्ने सहभागिहरुले प्रतिबद्धता गरेका छन् । अभिमुखिकरणमा नेतृत्व विकास, युवा मैत्री स्थानीय शासन, स्थानीय विकास निर्माण प्रक्रिया र युवा सहभागिताका विभिन्न बिषयमा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, नाइसका अध्यक्ष हेमराज भट्ट, मन भण्डारी र शोभा थापा मगरले सहजिकरण गरेका थिए । अभिमुखिकरणको क्रममा युवा उत्प्रेरक खुमेश सुवेदीले उत्प्रेरणा थपेका थिए । नाइस नेपालगन्जका सह सचिब माधब कार्कीले सञ्चालन गरेको तालिममा स्वागत उपाध्यक्ष शोभा थापा मगरले गरेकी थिइन । तालिममा वडाका विभिन्न टोलका गरी १८ जना युवाहरुको सहभागिता रहेको थियो ।

Blog Image